के हाे नरहरि बुटीकाे वास्तविकता ?

khabarwave
४ जेष्ठ २०७८

आजभोलि समाजिक सन्जाल मा भाईरल भै रहेको तथाकथित नरहरी बुटि नाम दिई कोरोना को औषधि भनी भनिएको बिरुवा Chenopodium ambrosioides L. हो । आयुर्वेद को ग्रन्थ भावप्रकाश निघण्टु मा वास्तूकद्वयम भनी उल्लेख गरिएको छ । वास्तूकम् वास्तुकम् च स्यात्क्षारपत्रम् च शाकराट् ।तदेव तु बृहत्पत्रम् रक्तम् स्याद्गौडवास्तुकम् ।। (5) प्रायशो यवमध्ये स्याद्यवशाकमत: स्मृतम् ।

वास्तूकद्वितयम् स्वादु क्षारम् पाके कटुदितम् ।।(6) दीपनम् पाचनम् रुच्यम् लघु शुक्रबलप्रदम् ।सरम् प्लीहास्र पित्तार्श: कृमिदोषत्रयापहम् ।।(7)।। ( भावप्रकाश निघाण्टु शाक वर्ग) । Medicinal Plant of Nepal ( वनस्पती विभाग) अनुसार यसको नेपाली नाम रातो लट्टे वा पसारे बेथे हो । आयुर्वेद अनुसार यस्को पत्र , पन्चाङ प्रयोग गरिन्छ । यस्को प्रयोग अग्निदीपक, पाचक, रुचुकारक, शुक्र र बल वर्धक को लागि गरिन्छ । यसले पितसारक गर्दछ ।

साथै फियो, रक्तपित्त , अर्श (हर्षा वा पाइल्स) तथा कृमी रोग मा प्रयोग गरिन्छ । यस्को बीउ को तेल अन्कुशे जुका मा प्रयोग गरिन्छ । आधुनिक अध्ययन ले Antispasmodic, Anthelmintic भनेको छ । यस्को प्रयोग Hysteria, Cholera तथा Nervous system को अन्य समस्या मा भनिएको छ । यस्को बीउ peptic Ulcer मा गरिने भनिएको छ । Pubmed मा भएको आर्टिकल ले हाड को तन्तु heal गर्ने उल्लेख छ । केही अध्य्यन ले यसको immunomodulatory effect रहेको उल्लेख छ तर ती अध्य्यन experimental animal मा गरिएको छ ।

मानव मा पेट को जुका र osteoarthritis मा अध्य्यन भएको पाइन्छ । तर यस्को लामो समय सम्म को प्रयोग सुरक्षित देखिदैन । यस्को पात को aqueous extracts को acute र subacute study ले slight Hepatotoxic अर्थात कलेजो बिगार्ने देखिएको छ । त्यसै गरि chronic toxicity study मा यो सुरक्षित देखिएको छैन । यसले अमाशय को mucosal layer मा समस्या र मृगौला मा खरबी ( glomerular damage) गरिएको देखिएको छ । कोरोना मा यसको अध्य्यन भएको देखिदैन ।

तसर्थ कोरोना को औषधि भनी दावी गर्न मिल्दैन । समाजिक सन्जाल मा भाईरल हुने तथा महामारी को यो स्थिती मा आत्तिएको जनमानस ले कोरोना को औषधि भनी जे सुकै को प्रयोग गर्नु उपयुक्त हुदैन । भारत को केही ठाउँ मा कोरोना भगाउने भनी गोबर दले जस्तै हो अनधिकृत र अप्रामाणिक प्रयोग ।कुनै पनि जडिबुटी अधिकारिक आयुर्वेद स्वास्थ्य कर्मिहरु वा आयुर्वेद को स्वास्थ्य सन्स्था को राय सल्लाह सुझाव ले मात्र प्रयोग गरौ । प्रचलित जडिबुटि को कसैले आफू खुशी नामकरण पनि गर्न मिल्दैन । झनै कोरोना बुटी नाम राखेको छैन ।

Loading spinner