कोरोना संक्रमण दर बढ्दाे , संक्रमितकाे संख्या एकैदिन २५ सय नाघ्याे

khabarwave
१० बैशाख २०७८

काठमाडौँ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २५सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ  ।८ हजार ७सय ९८ पीसीआर परीक्षणबाट २४सय ४९ र ८सय ६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्‍मा २५सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  त्यस्तै  पाँचजनाको मृत्‍यु भएको छ भने  पछिल्लो २४ घण्टामा ४सय १० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२र२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४र१४, रौतहट र अर्घाखाँचीमा १३र१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११र११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।

हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७सय ५५ पुगेको छ ।

 

Loading spinner