दुइ सचिबमा बढुवासँगै कानुन सचिवमा सापकोटाकाे सरूवा

khabarwave
६ चैत्र २०७७

काठमाडौँ । न्याय सेवा आयोगको  बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव ) मा बढुवा गर्ने निर्णय गरेको छ।भट्टराईलाई सोही कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापनसमेत गरेको छ ।

बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई सरुवा गरेको छ ।त्यसैगरी बिहिबार बसेकाे मन्त्रिपरिषद्को बैठकले नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णयसँगै केही नियुक्तीहरु गरेकाे बताइएकाे छ ।

Loading spinner