नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

khabarwave
१ चैत्र २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार पौडेलले आज मधेश प्रदेशका हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारले नयाँ प्रदेश प्रमुखको रुपमा मधेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरमाा नाजिर मियाँलाई पठाउने निर्णय गरेको थियो । प्रदेश प्रमुखमा सिफारिस तीनै जना नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन् भने पदमुक्त तीनै जना नेपाली कांग्रेसको कोटाबाट निुयुक्त भएका थिए । नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका तीनै जना सत्तारुढ दल नेकपा एमालेको कोटाबाट सिफारिस भएका हुन् । भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाकी हुन् । उनी ओली प्रधानमन्त्री भएका बेला डेनमार्कको लागि राजदूत सिफारिस भएर पनि सरकार ढलेपछि नियुक्ति नपाएकी महिला नेता हुन् । प्राध्यापन पेशाबाट अवकाश पाएकी भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघकी नेतृ हुन् । सुदूरपश्चिमको प्रदेश प्रमुख सिफारिस भएका मिया संविधानसभा सदस्य हुन् । उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष हुन् । गण्डकीको प्रदेश प्रमुख सिफारिस डिल्लीराज भट्ट डोटीका हुन् । उनी नेकपा एमालेका सल्लाहकार छन् । उनी राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका थिए ।

Loading spinner