रुसी सेनामा भर्ती भएकाहरुलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह

khabarwave
३० फाल्गुन २०८०

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । मंगलबार साँझ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा उनीहरुले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन पहल गर्न आग्रह गरेका छन् । सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न आफन्तहरुको आग्रह छ । जवाफमा परराष्ट्र मन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताए । सरकारले उनीहरुलाई नेपाल फर्काउनका लागि प्रयास गरिहेको श्रेष्ठको भनाइ छ । भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै श्रेष्ठले स–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको बताए । रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दुतावासमार्फत आफूले पाएको उनले बताए । रुसी सेनामा कार्यरत नेपालीहरुसँग गरिएको सम्झौता रद्ध गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन रुस सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए ।

Loading spinner