गृहमन्त्रीको कुर्सीमा कसले दागाधर्यो

khabarwave
२० फाल्गुन २०८०

काठमाडौं । मुलुकको सुशासनको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको योगदानलाई जनताले हेरिरहेका छन् । उप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूलाई पदबाट हटाउन आन्तरिक तथा बाह्य शक्ति लागिपरेको बताएका छन् । शनिबार गृहमन्त्रीसँग ‘सम्वृद्धि र सुशासनका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले आफूलाई हटाउन आन्तरिक तथा बाह्य शक्तिहरु लागि परेको कुरा सत्य रहेको बताएका हुन् । तपाईँको जनपक्षीय कामबाट आपत्तिएर आन्तरिक तथा बाह्य शक्तिहरु तपाईँलाई गृहमन्त्रीबाट हटाउन लागेको देखिन्छ । यसलाई कसरी प्रतिवाद गर्नुहुन्छ ? भन्ने सहभागीको प्रश्नमा उनले भने, मैले सबै कुरा त्याग्न तयार भएर काम गरिरहेको छु । पदको निरन्तरताको निम्ति सम्झौता मबाट हुनसक्दैन । पद त कामको लागि हो, देशको लागि हो । भर्खरै गण्डकी र लुम्बिनीको सुरक्षा गोष्ठीमा सबै जिल्लाका सिडिओहरु, एसपीहरु, प्रदेशस्तरका डीआईजीहरु सबैलाई भनेँ– तपाईँहरु अहिलेजस्तो छ, त्यस्तै रहने हो र मन्त्रीहरु पनि झण्डा हल्लाउन बसिरहने हो भने म छैन, तपाईँहरु बसिराख्नुस् भनेँ । होईन, हाम्रो पद राष्ट्रको सेवाको निम्ति, जनताको सेवाको अहिलेको समस्यालाई केन्द्रमा राखेर समाधान गर्नुस् भनेर मैले अपील गरिराखेको छु । जसले यो भन्नु भएको हो, यो सत्य हो । तर, मैले त अघिनै भनिसकेँ, पदको कुरा छोड्नुस्, जीवनलाई रिक्समा राखेर काम गरिरहेको छु म । तर, म गर्छु ।

Loading spinner