सरकार र विप्लव समूहबीच दुई चरणको वार्तामा के सहमति भयाे ?

khabarwave
१९ फाल्गुन २०७७

काठमाण्डाै ।  सरकार र विप्लव समूहबीच आज एकै दिन दुई चरणको वार्ता भएको छ ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक रहेको जानकारी दिएका  छन् ।  दोस्रो चरणको वार्ता पनि बालुवाटारमा नै भएको हो ।

वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको छ। । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।सरकारले हिजोमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । सोपछि वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो ।

Loading spinner