khabarwave
९ फाल्गुन २०७७

काठमाडौं ।नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र काठमाडौं आइपुगेको छ । याे सगै शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेकाे बैठकले  महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् । मन्त्रालयले २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ ।भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले १४ माघदेखि कोरोना खोप अभियान सुरु गरेको थियो । चीनले पनि ५ लाख डोज दिने घोषणा गरेको छ । यद्यपि त्यो खोप आइसकेको छैन ।

हेर्नुहोस् निर्णय

Loading spinner