भिसी र रेक्टरकाे कार्यकक्षमा ताला

khabarwave
७ फाल्गुन २०७७

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

२ साताअघि लगातार धर्ना बसेपछि माघ २६ गते समाज र प्रतिष्ठानका पदाधिकारीबीच भएको वार्तामा समाजको मागलाई सम्बोधन गर्ने आश्वासन दिइएपनि  ९ दिन बितिसक्दा पनि माग पूरा नभएपछि तालाबन्दी गरेको उनीहरूकाे दाबी छ ।लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको, कोभिड–१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै त्यहाँका चिकित्सकले आन्दोलन गरिरहेका छन् ।अब एक सातामा पनि माग सम्बोधन नभए सम्पूर्ण अतिरिक्त जिम्मेवारीबाट सामूहिक राजीनामा दिने तयारी गरेको पोरखेलले बताए ।

Loading spinner