अहिलेसम्म ४६ हजार बढीले लगाए कोभिड विरुद्धको खोप,कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको दाबी

khabarwave
१६ माघ २०७७

काठमाडौं । देशभर अहिलेसम्म ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका छन् । मन्त्रालयकाअनुसार त्यस्तै प्रदेश नम्बर २ मा आजसम्म ४ हजार ६ सय ५०, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन् ।
हाल ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट खोप अभियान सञ्चालन भइरहेको छ । खोप लगाएकामध्ये कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Loading spinner