कांग्रेसकाे ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

khabarwave
१४ माघ २०७८

काठमाण्डाै ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट सभापति एवं  प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न भएकाे छ  ।  साे कार्यसमितिको बैठकमा सभापतिका साथ उपसभापतिद्वय— पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालयमा सहभागी हुनुहुन्थ्यो । सभापतिको निर्देशन बमोजिम महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्तुत गर्नु भएको कार्यसम्पादन समिति गठन सम्बन्धी प्रस्ताव पारित गरिएको बताइएकाे छ ।  साे बैठकले
निम्न प्रस्ताव पास गरेकाे छ  ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी केन्द्रीय कार्यसमितिका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरुः– फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय “डिना”, भीष्मराज आङ्गदेम्वे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन रुपमै कार्यसम्पादन समितिमा रहनु भएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (२) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु सभापतिको प्रस्ताव बमोजिम– नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला, चित्रलेखा यादव, डा, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा अनुमोदन गरिएको छ ।

Loading spinner