मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा इकोन बन्याे बिजेता

khabarwave
१२ माघ २०७७

काठमाडौं । ६९ औं भन्सार दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा नेपाल निर्यात परिषद्(इकोन)विजयी भएको छ ।प्रतियोगितामा नेपाल प्रहरीको टीम उपविजेता बनेको छ भने नेपाल कुरियर सेवा संघको टीमले तेस्रो पुरस्कार प्राप्त गरेको छ ।

नेपाल भन्सार एजेन्ट संघ, नेपाल निर्यात परिषद्, नेपाल फ्रेट फरवार्डर्स एशोसिएसन तथा नेपाल कुरियर सेवा संघले आयोजना गरेको प्रतियोगितामा इकोन विजयी भएको हो ।इकाेनकाे तर्फबाट खेलाडीहरू बिदुर थापा र रामकुमार बाँनिया,अध्यक्ष हरिबहादुर कार्की, प्रथम उपाध्यक्ष रेशमबहादुर पाेखरेल,कार्यक्रम संयाेजक अमृतमान श्रेष्ठकाे सहभागिता थियाे ।

निर्यात परिषद्का  अनुसार भन्सार सेवामा कार्यरत कर्मचारी तथा संगठनका प्रतिनिधिबीच सहकार्य र मैत्रीपूर्ण सम्बन्ध विस्तारका लागि बर्सेनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिदैआइएकाे छ ।६९ औं भन्सार दिवस सरकारसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संघ संस्थाले विभिन्न कार्यक्रम गर्दै मनाइरहेका छन् ।

Loading spinner