बोधिमाई एग्ग्रो : कृषि पर्यटनमा अघि बढ्दै

khabarwave
८ माघ २०७८

बारा । बारा जिल्लाको जितपुर उपमहानगरपालिका वडा नं.८ र २० मा बोधिमाइ मोर्डन एग्रो फरेस्टी सञ्चालनमा आएको छ । कीर्तिपुर र उदयपुरका युवा व्यवसायीहरुको समूहले करिब ६० बिगाहा जग्गामा उक्त फरेस्टी सञ्चालनमा ल्याएका हुन् । कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीको नेतृत्वमा रहेको उक्त समूहले विगत चार वर्षदेखिनै उक्त फरेस्टी सञ्चालनका लागि लगानी गरी पूर्वाधारका काम अगाडि बढाउँदै आएका थिए । कृषिमार्फत् पर्यटन, विकास र रोजगारीको क्षेत्रमा विकास गर्न सकिन्छ भन्ने उद्देश्य राखेर करोडौंको लगानी भइसकेको सो क्षेत्रमा अहिलेसम्म भैसी पालन, होमस्टे, माछा पालन, हास, खुकुरा पालनका साथै तरकारी खेतीको शुरुआत गरिएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर विकसित सञ्चालनमा ल्याइएको उक्त एग्रो मधेश प्रदेशको मात्रै नभएर सिंगो देशका लागि पनि उदाहरणीय रहेको छ । उक्त परियोजनाको अवलोकन गर्न अहिले दिनहुँ सयौंको संख्यामा त्यस क्षेत्रमा पुग्ने गरेका छन् । वीरगञ्ज सिमरा हाइवेबाट डेढ किलोमिटरको दुरीमा रहेको उक्त परियोजना अवलोकनका लागि अभियन्ता एवं वातावरण क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी आङ तेम्बा शेर्पा लगायतको टोलीले शनिबार यस क्षेत्रको अवलोकन गरेकोछ । अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै शेर्पाले कृषि पर्यटनको विकास र रोजगारीका लागि बोधिमाई मोर्डन एग्रो फरेस्टी भविष्यका दिनमा महत्वपूर्ण क्षेत्रको रुपमा रहने बताउनुभयो ।

Loading spinner