आज कांग्रेसले संसद विघटनको विरोधमा देशभर शक्ति प्रर्दशन गर्दै

khabarwave
८ माघ २०७७

काठमाडौं । आज नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशभरका वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा  विरोध प्रदर्शनकाे कार्यक्रमकाे आयोजना गरिएको  कांग्रेसले जनाएको छ । वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरिसकेका  छन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

 

 

 

Loading spinner