मुख्यमन्त्रीले आफूभन्दा २५ वर्षउमेर अन्तरकी शेर्पासँग यसरी गर्दैछन बिहे

khabarwave
४ माघ २०७७

काठमाण्डाै ।    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्।५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्।  मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह रहेकाे बताइएकाे छ।मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्।१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

 

Loading spinner