आज नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूकाे संयुक्त बैठक बस्दै, के-के छन् छलफलका बिषय

khabarwave
२ माघ २०७७

काठमाण्डाै ।   नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूले नेतृत्व गर्ने संयुक्त आयोगको छैठौं बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ। बैठकमा भाग लिनकालागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहीबार नै नयाँदिल्ली पुगिसकेका छन्।

भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू हुनेछ । भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्नेछन्।बैठकमा नेपाली पक्षले सीमा, पारवहन,  विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने बताइएकाे छ । बैठकमा नेपालले कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउन भारतीय पक्षलाई अनुरोध गर्नेछ।

संयुक्त आयोगको बैठकमा लिपुलेक, लिम्पियाधुरासम्बन्धी विवादबारे भने कुनै निर्णय हुने सम्भावना छैन। भारतीय पक्षले यसअघि बिहीबार सीमा विवादबारे कुरा गर्ने अर्कै संयन्त्र रहेको बताएको छ।बैठकपछि नेपाली टोलीको सम्मानमा भारतीय विदेश मन्त्री जयशंकरले दिवाभोजको आयोजना गरेका छन्।परराष्ट्र मन्त्री ज्ञवाली शनिबार दिउँसो २ बजे नयाँदिल्लीबाट काठमाडौं फर्किने छन्।गत वर्षको लिपुलेक-लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो।

Loading spinner