काेराेना खाेप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने दाबी, ५ निर्देशकको जिम्मेवारी हेरफेर

khabarwave
२७ पुष २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी काेराेना खाेप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन  । जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उनले आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको भन्दै उनले कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको बताएका छन ।

खोपका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गरि ५ निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन  । कान्ति बाल अस्पतालको निर्देशक डा. कृष्ण पौडेललाई ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने कान्तिको निर्देशकको जिम्मेवारी डा. आरपी बिच्छालाई दिइएको छ ।यसैगरी ईडिसीडीका निर्देशक डा .बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ भने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभाग अन्तरगर्त रहने गरी जिम्मेवारी तोकिएको छ ।

 

Loading spinner