नेपाल अर्वुद रोग निवारण संस्थाको अध्यक्षमा श्रेष्ठ

khabarwave
२४ पुष २०७८

काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्थाको ३१औं अधिवेशन सम्पन्न भएको छ । सिरहाको लहानमा भर्खरै सम्पन्न अधिवेशनले केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठलाई निर्वाचित गरेको छ । ४५ जिल्लाबाट सहभागी भएका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार गर्नुभएको थियो । उद्घाटन समारोहपछि शनिबार भएको निर्वाचनमा अध्यक्ष पदमा संस्थाका केन्द्रीय निवर्तमान अध्यक्ष श्रेष्ठ र डा. राजेन्द्र बरालले उम्मेदवारी दिएका थिए । विजयी श्रेष्ठले १२९ मत प्राप्त गरे भने बराल २९ मत ल्याएर पराजित भए । शनिबार सम्पन्न बन्दशत्रले सूर्तिजन्य पदार्थको नियमन र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि संघीय संसदमा संकल्प प्रस्ताव पेश गर्नका लागि माननीयहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

Loading spinner