भक्तपुर क्यान्सर अस्पताल सरकार मातहात संचालन गर्ने निर्णयमा सर्बाेच्च अदालतकाे धक्का , माघ २५ गते दुबै पक्षलाई बाेलाइयाे

khabarwave
२३ पुष २०७७

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालकोअस्पताल सञ्चालनका लागि ११ सदस्यीय भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन समेत गरिएको छ । कात्तिक २४ गते मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकारद्धारा सञ्चालन गर्ने निर्णय गरेको थियो । अस्पताल  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अबुर्द रोग निवारण संस्थासँग गरेकाे सम्झाैता बिपरीत  संचालन गर्न खाेजेपछि संस्था उक्त निर्णयबिरूद्व सर्बाेच्च अदालत गएकाे थियाे । सर्बाेच्चले सरकारको निर्णय तत्कालका लागि कार्यान्यन नगर्न अल्पकालिन   आदेश दिएको छ ।

न्यायाधीश बमबहादुर श्रेष्ठको एकल  इजलासले निवेदक संस्था नेपाल अबुर्द रोग निवारण संस्थाकाे स्वामित्वमा रहेको चल- अचल सम्पत्ति, मेसिनरी औजार, सवारी साधन लगायतका सम्पत्ति लगायतका सन्दर्भमा दुबै पक्ष छलफल गरी निष्कर्षमा पुग्नुपर्ने भन्दै सरकारलाई पनि माघ २५ गते बोलाएको छ । निवेदक संस्थाको मागकाे सन्दर्भमा अन्तरिम आदेश  जारी हुनुपर्ने ,नहुनुपर्ने हाे त्यसका लागि दुवै पक्षलाई माघ २५ गते  बाेलाएकाे छ । सरकारले संस्थासँग गरेकाे संम्झाैता बिपरीत कदम चालेपछि अदालत जानुपरेकाे र अदालतले तत्कालका लागि न्याय दिएकाे संस्थाका निबर्तमान अध्यक्ष लाेकेन्द्र श्रेष्ठले बताउनुभयाे ।

संघीय सरकारले क्यान्सर अस्पतालको जिम्मेवारी लिएपछि मन्त्रिपरिषद्को बैठकले क्यान्सर रोग विशेषज्ञ डा.विष्णुदत्त पौडेललाइ निर्देशकमा नियुक्त  गरेको थियाे ।यसअघि नेपाल अर्बुद रोग निवारण गैरसरकारी संस्थाले क्यान्सर अस्पताललाई सञ्चालन गर्दै आएको थियो ।No description available.

Loading spinner