२०१६ मा सम्पन्न भएको रियो ओलम्पिक पछि २०२० मा हुनु पर्ने ३२ औं गृष्म कालीन ओलम्पिक खेल कोभिडका कारण १ बर्ष पछि सरेर जापानको टोकियोमा यसै वर्षको जुलाई २३ बाट शुरू भै अगस्त ८ मा समापन भएको छ। बिश्वमा फैली रहेको कोभिडको प्रकोपको बाबजूद संकटकाल लगाएर भए पनि जापानले ओलम्पिक सम्पन्न गरेकोमा आयोजक राष्ट्र जापानलाई धन्यवाद दिनै पर्छ। विश्वका २०५ राष्ट्र सहभागी भएको यो कुम्भ मेलामा ३३ खेलका ३३९ ईभेन्टहरू समावेश थिए। कूल ११,०९० खेलाडीहरूको सहभागीता रहेको यो ओलम्पिक खेलमा संयुक्त राज्य अमेरिका ३९ स्वर्ण सहित प्रथम, चीन ३८ स्वर्ण सहित द्वितीय र आयोजक राष्ट्र जापान २७ स्वर्ण सहित तृतीय भए। एवं रीतले क्र.... पुरा पढ्नुहोस
सदा झै यस वर्ष पनि दस कक्षाको परीक्षा (SEE) को नतिजा प्रकाशन आज भयो। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना प्रकोपका कारण गत वर्ष जस्तै यस वर्ष पनि विद्यालयले लिने आन्तरिक परीक्षालाई नै आधार मानेर यस पटकको नतीजा प्रकाशन भएको जनाईएको छ।उच्च शिक्षाको प्रवेशको लागि यो परीक्षालाई थ्रेस होल्ड मानिन्छ। राष्ट्रलाई आवश्यक पर्ने जन शक्ति उत्पादनका लागि यो परीक्षाले प्रतिभावान् र योग्य विद्यार्थी छनौट गर्ने माध्यमको रूपमा यो परीक्षालाई लिईएको छ। नेपालको शैक्षिक ईतिहासलाई हेर्दा सन् १९३४ बाट यो परीक्षा लिन थालियो। राणा का सन्तानलाई शिक्षा दिन शुरू भएको यो परीक्षा दरवार हाई स्कुलमा शुरू गरिएको थियो। यो पर.... पुरा पढ्नुहोस