काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहित सहकारी ठगी प्रकरणका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ। न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम रहने गरी मुद्दा संशोधन गर्ने आदेश दिएको हो। अदालतले ठगीसम्बन्धी मुद्दाको सुनुवाइ जारी रहने तर संगठित अपराध र सम्पत्ति शुद्धीकरणतर्फको अभियोग दाबी कायम नरहने निष्कर्ष निकालेको छ। अदालतको आदेशअनुसार सहकारीका बचतकर्ताहरूले दायर गरेको जाहेरीमा समेत प्रतिवादीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मागदाबी नरहेको उल्लेख गरिएको छ। साथै, .... पुरा पढ्नुहोस
काठमाडौं । नेकपा (एमाले) को शुक्रबार बसेको सचिवालय बैठक नेतृत्वको विषयलाई लिएर निकै तनावपूर्ण बनेको छ। बैठकमा सहभागी चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेपछि छलफल चर्किएको स्रोतले जनाएको छ। बैठकमा पार्टीका पाँच उपाध्यक्षले धारणा राखेका थिए। तीमध्ये रामबहादुर थापा ‘बादल’ बाहेक विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा व्यक्त गरेका हुन्। उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको अवस्थाबारे नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्न.... पुरा पढ्नुहोस