काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालय र मातहतका गरी ३५ जना कर्मचारीहरुको सरुवा गरेको छ । १ जना उपसचिव (प्राविधिक) को पदस्थापनासँगै आधा दर्जन शाखा अधिकृतहरुको सरुवा गरेको मन्त्रालयले बाँकी अन्य दर्जाका कर्मचारीको सरुवा गरेको हो । असोज १५ भित्र कर्मचारी सरुवा गर्न पाइने प्रावधानलाई टेकेर उद्योग मन्त्रालयले शुक्रबार अबेर सरुवाको निर्णय गरेर आइतबार सबेरै सरुवा भएका कर्मचारीहरुको सूचि थमाएको छ । उद्योग मन्त्रालय स्रोतकाअनुसार, उद्योग विभागबाट शाखा अधिकृत रुपेशराज खनाल र अर्जुन राईलाई मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयबाट शाखाअधिकृत कुमारी तारा घिमिरे र आरपी लुइटेल, .... पुरा पढ्नुहोस
काठमाण्डाै । गृह मन्त्रालयले करीब एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे हेरफेर गरेको छ । मन्त्रालयमा कार्यरत २ सह–सचिव र ५ उप–सचिवसहित १६ जना कर्मचारीहरुको सरुवा गरिएको हो । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई पनि गृह मन्त्रालयमा तानिएको छ । टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई देउवाको गृहजिल्ला डडेलधुरामा सीडीओ बनाएर पठाइएको छ । सह–सचिव कमलराज ढकाल भोजपुर र सहसचिव जयनारायण आचार्य कास्कीको प्रमुख जिल्ला अधिकारी बनेका छन । कास्कीका प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम गृह मन्त्रालय तानिएका छन् ।लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेल,.... पुरा पढ्नुहोस