स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ मा शान्ति सुरक्षा कायम गर्ने ब्यबस्था राखिएको छ। जिल्लाको शान्ति सुरक्षाको अवस्थाको अनुगमन र समीक्षा गर्न सो ऐनको दफा ६ को उपदफा(७) मा जिल्ला सुरक्षा समितिको ब्यबस्था रहेको छ। प्रजिअको अध्यक्षतामा हुने सो समितिमा जिल्ला प्रहरी प्रमुख सहित जिल्लाका सुरक्षा निकायहरू सदस्यको रूपमा रहेका हुन्छन् र सप्रजिअ ले सदस्य सचिवको काम गर्ने गर्छन्। स्थानीय प्रशासन अन्तर्गत रहने प्रजिअ सहितको टीमले जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी लिनु पर्ने भए पनि यसको प्रमुख जिम्मेवारी प्रजिअको नै हुन्छ। यसको निम्ति प्रजिअले शान्ति सुरक्षा संग सम्बन्धित पर्याप्त सूचना संकलन गर्नु पर्.... पुरा पढ्नुहोस
अधिवक्ता प्रेमनारायण शर्मा देउवा मन्त्रिपरिषदमा अचानक समावेश हुन पुगेका हमालजीका कारण चुलिन पुगेको प्रधान न्यायाधीश राणा उपरको विरोध हाल चरम अवस्थामा पुगेको छ।यो विरोध हुनुमा वर्तमान मन्त्रिपरिषदमा समावेश हुन पुगेका विवादित ब्यक्ति कारक बन्न पुगे पनि यसको वीजारोपण धेरै अगाडि देखि हुदै आएको हो। कारण विभिन्न भए पनि मूल कारण चाही सरकारका अंगहरू बीच नियन्त्रण र सन्तुलन हुन नसकेका कारण यो परिस्थितिको सृजना भएको हो। न्याय पालिकालाई स्वतन्त्र रहनु पर्ने मान्यता विश्वब्यापी नै छ तर नेपालको न्यायालयमा यो मान्यताको क्षयीकरणको शुरूवात विश्वनाथ उपाध्यायको पाला देखि नै हुदै आएको हो। हुन त .... पुरा पढ्नुहोस