मनोहराको सुकुम्बासी बस्ती खाली गराइँदै

मनोहराको सुकुम्बासी बस्ती खाली गराइँदै
khabarwave
१३ बैशाख २०८३

काठमाडौं । मनोहराको सुकुम्बासी बस्तीमा प्रहरी प्रवेश गरेको छ।बिहानै डोजरसहित ठूलो संख्यामा उपस्थित भएको प्रहरी १० बजेपछि बस्तीमा छिरेको हो। त्यसअघि जडिबुटी र लोकन्थली जोड्ने पुल मुनि प्रहरीहरू बसेका थिए। बस्ती छिर्नुअघि प्रहरीले स्थानीयलाई सम्झाइ बुझाइ गरेका थिए। अहिले दुई ठाउँबाट प्रहरीको दुई टोली वस्तीमा प्रवेश गरेको छ। उनीहरूले माइकिङ गरेपछि संरचना भत्काउन सुरू गरिने बताएका छन्। केही स्थानीयले बिहानैदेखि घर(टहराबाट सामानहरू निकालिरहेका छन्। थापाथली र सिनामंगलमा प्रहरीले सामान निकाल्न स्थानीयहरूलाई मद्दत गरेका थिए। मनोहरामा भने त्यस्तो दृश्य देखिएको छैन। शनिबार स्थानीयले प्रवेश गर्न नदिएपछ.... पुरा पढ्नुहोस

सुकुम्बासीलाई ५ स्थानमा सार्ने तयारी

khabarwave
१२ बैशाख २०८३

काठमाडौं । काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ। पहिलो चरणमा काठमाडौंका तीन वटा स्थानमा सुकुम्बासी बस्ती हटाइँदैछ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो। यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीहरूलाई सरकारले राख्नका लागि केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहका प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। उनका अनुसार ५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ। नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ। त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो .... पुरा पढ्नुहोस

मनोरञ्जन