काठमाण्डाै । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न भएकाे छ । साे कार्यसमितिको बैठकमा सभापतिका साथ उपसभापतिद्वय— पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालयमा सहभागी हुनुहुन्थ्यो । सभापतिको निर्देशन बमोजिम महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्तुत गर्नु भएको कार्यसम्पादन समिति गठन सम्बन्धी प्रस्ताव पारित गरिएको बताइएकाे छ । साे बैठकले निम्न प्रस्ताव पास गरेकाे छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिम नेपाली कांग्रेस.... पुरा पढ्नुहोस
बारा । बारा जिल्लाको जितपुर उपमहानगरपालिका वडा नं.८ र २० मा बोधिमाइ मोर्डन एग्रो फरेस्टी सञ्चालनमा आएको छ । कीर्तिपुर र उदयपुरका युवा व्यवसायीहरुको समूहले करिब ६० बिगाहा जग्गामा उक्त फरेस्टी सञ्चालनमा ल्याएका हुन् । कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीको नेतृत्वमा रहेको उक्त समूहले विगत चार वर्षदेखिनै उक्त फरेस्टी सञ्चालनका लागि लगानी गरी पूर्वाधारका काम अगाडि बढाउँदै आएका थिए । कृषिमार्फत् पर्यटन, विकास र रोजगारीको क्षेत्रमा विकास गर्न सकिन्छ भन्ने उद्देश्य राखेर करोडौंको लगानी भइसकेको सो क्षेत्रमा अहिलेसम्म भैसी पालन, होमस्टे, माछा पालन, हास, खुकुरा पालनका साथै तरकारी खेतीको शुरुआत गरिए.... पुरा पढ्नुहोस