आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु

khabarwave
१५ बैशाख २०८३

काठमाडौँ । सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ । सरकारको वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको थियो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकोमा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गतेअगावै विद्यार्थी भर्ना भइसकेका छन् । सरकारले निजी संस्थागतविद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो । शिक्षा, विज्ञान तथा प्.... पुरा पढ्नुहोस

कांग्रेसले कसलाई बनाउला संसदीय दलको नेता ?

khabarwave
१४ बैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी भइरहेको बुझिएको छ । गत फागुनमा सम्पन्न निर्वाचनपछि सांसदहरुले सपथ लिएको एक महिनाभन्दा बढी समय भइसक्दा पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । प्रतिनिधिसभामा ३८ जना सांसद रहेको कांग्रेसको संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदारको रुमा रहेका छन् । कांग्रेस नेताहरुका अनुसार पूर्वसहमहामन्त्री आङ्देम्ब.... पुरा पढ्नुहोस

मनोरञ्जन