काठमाडौं। सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले आफ्नो अनसन अन्त्य गरेका छन्। प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा. केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ भने एमबीबीएससहित अन्य शैक्षिक कार्यक्रम सञ्च.... पुरा पढ्नुहोस
धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेजलगायत सातबुँदे मागसहित आमरण सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमतिनजिक पुगेको छ। आइतबार दिनभर चलेको गहन छलफलपछि अधिकांश विषयमा समझदारी बने पनि अन्तिम सहमति पत्रमा हस्ताक्षर हुन बाँकी रहेको जनाइएको छ। डा. केसी पक्षका वार्ता टोली सदस्य डा. अमृत जैसीका अनुसार सहमति पत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ। उनले सोमबार थप गृहकार्यपछि सहमति पत्रमा हस्ताक्षर हुने सम्भावना रहेको बताए। उनका अनुसार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्.... पुरा पढ्नुहोस