संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको आणविक ऊर्जा प्लान्टलाई लक्षित गर्दै ड्रोन हमला भएको खबर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणपछि क्षेत्रीय सुरक्षा सतर्कता बढाइएको छ। यसैबीच, साउदी अरेबियाले आफ्नो आकाशमा प्रवेश गरेका तीन वटा ड्रोन खसालेको जनाएको छ। ती ड्रोन संवेदनशील संरचनालाई लक्षित गरी पठाइएको आशंका गरिएको छ। यूएईको आणविक ऊर्जा केन्द्रमाथि भएको भनिएको आक्रमणपछि मध्यपूर्व क्षेत्रमा फेरि तनाव बढ्ने संकेत देखिएको छ। सुरक्षा निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको बताइएको छ। हालस.... पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक आज बस्दैछ। नेताहरूको कार्यविभाजन लगायत महत्वपूर्ण संगठनात्मक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठक दिउँसो ३ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने तय गरिएको छ। बैठकमा स्थायी कमिटी, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्जहरूको जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्ने तयारी गरिएको एमाले स्रोतले जनाएको छ। साथै विभिन्न विभागका प्रमुख, उपप्रमुख र इन्चार्जहरू पनि तोकिने सम्भावना रहेको छ। ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि एमालेले अहिलेसम्म नेताहरूको कार्यविभाजन टुंग्याउन सकेको छैन। त्यसैले आजको बैठकलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिएको छ। एम.... पुरा पढ्नुहोस