उपत्यकाका नदी किनारामा लागू भयो पुरानै मापदण्ड

khabarwave
७ जेष्ठ २०८३

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण अनुमतिसम्बन्धी यसअघिको आदेश पुनरावलोकन गर्दै पुरानै मापदण्ड कायम गरेको छ । न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०६५ मंसिर १ गते निर्धारण गरिएको मापदण्ड अनुसार नै निर्माण गर्न पाउने आदेश दिएको हो । आदेशअनुसार बागमती, विष्णुमती र मनोहरा नदी किनारामा २० मिटर छाडेर निर्माण गर्न पाइनेछ । धोबीखोलामा आयोजना लागू भएको क्षेत्रमा परियोजनाको प्लानिङ अनुसार निर्माण गर्न सकिनेछ भने प्लानिङ नभएको क्षेत्रमा ९ मिटर खाली राख्नुपर्नेछ । त्यस्तै नख्खु खोलामा १२ मिटर, बल्खु, कर्मनासा, कोइके, .... पुरा पढ्नुहोस

हुम्लामा पहिरोले घर गोठ बगायो

khabarwave
६ जेष्ठ २०८३

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले घर गोठ बगाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी विष्णु श्रेष्ठका अनुसार मंगलबार परेको हावाहुलीसहितको असिना पानीपछि रातको समयमा बाढी आएको हो । बाढीले स्थानीयको घर गोठ बगाउँदा भेडाबाख्रा पुरिएका छन् । मानवीय क्षतिको विवरण भने आइनसकेको श्रेष्ठले बताए । नजिकको प्रहरी कार्यालयबाट घटनास्थलमा पुग्न पैदल सात घण्टा यात्रा गर्नुपर्ने भएकाले घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ । असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्म.... पुरा पढ्नुहोस

मनोरञ्जन