काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको निरन्तर अनुपस्थितिलाई लिएर संसद्मा विवाद चर्किरहेका बेला सभामुख डोलप्रसाद अर्यालले स्वयं भेटेर संसद्मा उपस्थित हुन आग्रह गरेका छन्। तर प्रधानमन्त्री शाहले तत्काल संसद्मा आउन नसक्ने जवाफ दिएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले उनको उपस्थितिको माग गर्दै बैठक अवरुद्ध गरेका थिए। त्यसपछि सभामुख अर्याल बैठक केही समयका लागि स्थगित गरेर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। संसद् भवनबाट करिब दुई सय मिटरको दूरीमा रहेको कार्यालयमा सभामुखले प्रधानमन्त्री शाहसँग भेटवार्ता ग.... पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेले एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिब छ महिनापछि पार्टी पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गर्ने प्रक्रिया अघि बढाएको छ। अध्यक्ष केपी शर्मा ओलीले सोमबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी प्रस्ताव पेश गरेका हुन्। अध्यक्ष ओलीले महाधिवेशनपछि हालसम्म पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको औपचारिक वरीयताक्रम निर्धारण नभएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्न प्रस्ताव ल्याइएको बताएका छन्। प्रस्तावअनुसार उपाध्यक्षहरूमा रामबहादुर थापा ‘बादल’लाई पहिलो वरीयतामा राखिएको छ भने विष्णुप्रसाद पौडेल दोस्रो उपाध्यक्षका रूपमा तेस्रो समग्र वरीय.... पुरा पढ्नुहोस