भारतमा सामाजिक सञ्जालमार्फत उदाएको ‘कक्रोच जनता पार्टी (सीजेपी)’ ले आफ्नो राजनीतिक सक्रियता तीव्र बनाउँदै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई दबाब दिन थालेको छ। सामाजिक सञ्जालबाटै लोकप्रिय बनेको यो समूहले आज नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध केन्द्रित उक्त प्रदर्शनमार्फत परीक्षा अनियमितता लगायतका विषयमा राजीनामाको माग उठाइने जनाइएको छ। सीजेपीको स्थापना अमेरिका अध्ययनरत अभिजित डिप्केले गरेका हुन्। बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्के युवालाई लक्षित गर्दै यो अभियान अघि बढाइरहेका छन्। उनी हालै आन्दो.... पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। उनी स्वदेश फर्किने दिनमै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा प्रस्थान गर्ने भएका छन्। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत गएका थिए। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि .... पुरा पढ्नुहोस