मन्त्रीहरूबीच बढ्दो अविश्वास

khabarwave
२९ जेष्ठ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारभित्र मन्त्रीहरूबीच समन्वयको अभाव र आपसी अविश्वास बढ्दै गएको संकेत देखिएको छ। सरकारका विभिन्न मन्त्रालयबीच आवश्यक सहमति, राय र स्वीकृतिका लागि आदानप्रदान हुने दस्तावेज तथा नीतिगत प्रस्तावहरू बाहिरिने क्रम बढेपछि मन्त्रीहरू एकअर्काप्रति सशंकित बनेका हुन्। सरकारका स्रोतहरूका अनुसार आर्थिक दायित्व पर्ने निर्णयमा अर्थ मन्त्रालयको सहमति र कानुनी विषयमा कानुन मन्त्रालयको राय लिनुपर्ने व्यवस्थाबीच मन्त्रालयहरूबाट सूचना चुहावट हुने गरेको गुनासो बढेको छ। विशेषगरी प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने निकट मानिने मन्त्.... पुरा पढ्नुहोस

जनार्दनको उदाहरण देखाउँदै सुधनको पुनर्बहाली तयारी

khabarwave
२३ जेष्ठ २०८३

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङलाई पुनः गृहमन्त्रालयमै फर्काउने तयारी भइरहेको चर्चा चलेको छ। बिचौलियासँग साँठगाँठ गरी सम्पत्ति आर्जन गरेको आरोपपछि राजीनामा दिएका गुरुङलाई छानबिन समितिको प्रतिवेदनले दोषमुक्त देखाएको स्रोतहरूले जनाएका छन्। सम्पत्ति छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष बुझाएको छ। समितिमा संयोजक अच्युतमप्रसाद भण्डारी, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए। समितिले गुरुङको सम्पत्ति तथा बयानसमेत समेटेर करिब ४५ पृष्ठ लामो प्रतिवेदन तयार .... पुरा पढ्नुहोस

मनोरञ्जन