काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। पाकिस्तानको मध्यस्थतामा भएको सहमतिपछि एसियाली बजारको प्रारम्भिक कारोबारमै तेलको मूल्य ओरालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य ३.८ प्रतिशतले घटेर प्रतिव्यारेल ८४.०२ अमेरिकी डलरमा झरेको छ। त्यसैगरी अमेरिकी बजारमा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको मूल्य ४.१ प्रतिशतले घट्दै प्रतिव्यारेल ८१.४० डलरमा पुगेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका अनुसार अमेरिका र इरानबीच भएक.... पुरा पढ्नुहोस
काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई औपचारिक रूपमा करको दायरामा ल्याउने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने व्यवस्थाअनुसार राइड सेयरिङमार्फत आम्दानी गर्ने व्यक्तिको आयमा मूल्य अभिवृद्धि कर (भ्याट) र स्रोतमा कर कट्टी (टीडीएस) लाग्ने भएको हो। आन्तरिक राजस्व विभागका अनुसार नेपालमा राइड सेयरिङ सेवामार्फत वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने गरेको छ। यही कारोबारलाई कर प्रणालीमा समेट्दै सरकारले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। नयाँ व्यवस्थाअनुसार राइड सेयरिङ सेवाबाट प्राप्त आम्दानीमा ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस लाग्नेछ। व.... पुरा पढ्नुहोस