रास्वपा महाधिवेशनका लागि चितवनमा कडा सुरक्षा, चारवटै सुरक्षा निकाय परिचालन

khabarwave
६ असार २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। आइतबार हुने महाधिवेशनका लागि जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गणेश अर्यालका अनुसार महाधिवेशनमा सहभागी हुने शीर्ष नेतृत्व, विशिष्ट व्यक्तित्व तथा हजारौं कार्यकर्ताको सुरक्षालाई ध्यानमा राखेर विस्तृत सुरक्षा रणनीति तयार गरिएको छ। उनले आवश्यकता अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिने बताए। .... पुरा पढ्नुहोस

एमालेभित्र नेतृत्व बहस तीव्र, ओलीमाथि बढ्दो दबाब

khabarwave
१ असार २०८३

काठमाडौं — नेकपा (एमाले) भित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस तीव्र बन्दै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आफ्नै समूहभित्रका प्रभावशाली नेताहरूबाट समेत संगठनात्मक सुधार र नेतृत्व परिवर्तनबारे दबाब बढ्न थालेको चर्चा एमाले वृत्तमा चल्न थालेको छ। पार्टीभित्र महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल तथा उपमहासचिव योगेशकुमार भट्टराईलगायत नेताहरूबीच बढ्दो संवाद र समन्वयलाई ओली पक्षले चासोका साथ हेरेको बताइन्छ। विशेषगरी पछिल्ला राजनीतिक घटनाक्रम र निर्वाचन परिणामपछि एमालेभित्र नेतृत्वको भविष्यबारे बहस थप सक्रिय भएको स्रोतहरूको दाबी छ। पुनर्गठन र पुनर्जागरणको बहस गत जेठमा बस.... पुरा पढ्नुहोस

मनोरञ्जन