रास्वपाले पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन टार्‍यो, सभापति रविलाई अधिकार

khabarwave
१८ असार २०८३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पदाधिकारी, केन्द्रीय सदस्य तथा सचिवालयमा कुनै पनि मनोनयन नगर्ने निर्णय गरेको छ। पार्टीले आवश्यकताअनुसार पछि मनोनयन गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दिएको छ। महामन्त्री विपिनकुमार आचार्यका अनुसार बुधबार बसेको बैठक मुख्यतः नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यबीच शुभकामना आदानप्रदान र तीन वटा आयोगमा नियुक्ति गर्ने विषयमा केन्द्रित भएकाले मनोनयनको एजेन्डा अघि बढ्न सकेन। बैठकमा सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराउँदै मायाको चिनो वितरण गरेका थिए। ९९ सदस्यीय केन्द्रीय सम.... पुरा पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ सस्तो

khabarwave
१७ असार २०८३

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ, डिजेल प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले सस्तो भएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य घटेपछि स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गरिएको हो। इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलको २९ रुपैयाँ.... पुरा पढ्नुहोस

मनोरञ्जन