काठमाडौँ । नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । आज स्थगित भएको बैठक आगामी सोमबार गुण्डुमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीभित्रको कार्यविभाजनबारे छलफल गर्नका लागि बैठक बोलाइएको थियो । मदन–आश्रित स्मृति दिवसको तयारी गर्नुपर्ने भएकाले आजका लागि बोलाइएको बैठक स्थगित गर्नुपरेको उहाँको भनाइ छ । मदन–आश्रित स्मृति दिवस भोलि मनाइँदैछ । .... पुरा पढ्नुहोस
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले उठाएको जिज्ञासामा जवाफ दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा राखेका थिए । ज्ञासाहरुको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएपछि प्रतिपक्षी दलका सांसदहरुले सदन अवरुद्ध गरेका थिए । बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । संघीय संसदले जारी गरेको कार्यसूचीमा नीति तथा कार्यक्रममाथ.... पुरा पढ्नुहोस