कांग्रेस भन्छ – विरोध सभामा भएको जनसहभागिता उत्साहजनक

khabarwave
३ फाल्गुन २०७७

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको विरोध सभामा भएको जनसहभागिताकाे प्रशंसा गरेकाे छ । उसले आज  ७७ वटै जिल्लामा विरोध सभा सम्पन्‍न  गरेकाे छ । पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर प्रदर्शनमा देखिएको सहभागिताले सरकारको असफलता र कुशासनविरुद्ध जनभावना अभिव्यक्त गरेको देउवाले बताएका छन् । सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड(१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । .... पुरा पढ्नुहोस

असंवैधानिक कदमविरुद्ध कांग्रेसकाे आज  देशभर प्रदर्शन, घर-घरबाट सहभागिता जनाउन देउवाकाे आग्रह

khabarwave
३ फाल्गुन २०७७

काठमाडौँ ।  नेपाली कांग्रेसले आज  देशभर प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दाेलनरत कांग्रेसले गत पुस छ गते सरकारको सिफरिसमा राष्टपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा भएको भन्दै देशभर विरोध प्रदर्शन गर्ने भएकाे हो । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गरी सरकारको असंवैधानिक कदमविरुद्धको प्रदर्शनमा सहभागि हुन सबैलाई अपिल गरेका छन्। ‘संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका .... पुरा पढ्नुहोस

मनोरञ्जन