काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सहमतिअनुसार बैठक नबोलाएर स्थगित गरेकाे भन्दै उपसभामुखलाई विरोधपत्र बुझाएको छ । संघीयताको भावना र संविधान विपरीत प्रदेशका सभामुख संघीय सरकारको आदेशपालक बनेको भन्दै प्रचण्ड–माधव समूहले उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएको छ ।तत्काल बैठक बोलाउनुपर्ने र केन्द्रको आदेशमा नभएर परामर्श समितिमा जुट्ने सहमतिका आधारमा प्रदेशसभा चलाइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि लगातार बैठक छल्ने प्रयास भएको भन्दै यो समूहले आपत्ति जनाएको छ । मंगलबार साँझ कार्यव्य.... पुरा पढ्नुहोस
काठमाडौं । सरकारले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या भएकाे अनुमान मन्त्रालयकाे छ । २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँने सुनिश्चतासँगै मन्त्रालयले जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । छिट्टै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउने मन्त्रालयकाे भनाइ छ । .... पुरा पढ्नुहोस