काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य आगामी २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको सभापतित्वमा ललितपुरको बीपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । क्रियाशील सदस्यताको अभिलेखीकरणलाई बलियो र व्यवस्थित बनाउन कांग्रेसले यस पटक विभिन्न डिजिटल माध्यमहरूलाई प्रयोगमा ल्याएको छ । पार्टीले आफ्नो सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ को व्यवस्था गरेको छ, जसको माध्यमबाट प्रत्येक क्रिया.... पुरा पढ्नुहोस
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीन इरानको विषयमा एउटै धारणा राख्ने बताएका छन् । उनले इरानले छिट्टै सम्झौता गर्नुपर्ने तथा होर्मुज जलडमरू पुनः खुला गर्नुपर्नेमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि सहमत भएको दाबी गरेका छन् । बेइजिङ भ्रमणपछि पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानप्रति आफ्नो धैर्यता सकिन लागेको बताए । उनले वार्ताका क्रममा सीले इरानले होर्मुज जलडमरू खुला गर्नुपर्नेमा सहमति जनाएको उल्लेख गरे । ट्रम्पले वासिङ्टनले इरानी तेल खरिद गर्ने चिनियाँ तेल कम्पनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा पनि विचार गरिरहेको बताए । चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । तर, ट्.... पुरा पढ्नुहोस