काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारकालागि आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । दिल्लीस्थित ‘इन्स्च्यिुट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने छ । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले पनि जनाएको छ । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको बताइएकाे छ ।.... पुरा पढ्नुहोस
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकार लागि गरिएको सचेत पहल भएको बताएका छन् । उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’.... पुरा पढ्नुहोस