सर्वोच्च अदालतले चेतावनीपूर्ण आदेश दिएपनि वाँस्तोला गेटबाटै पुनः पक्राउ

khabarwave
१० फाल्गुन २०७७

काठमाडौं ।  सर्वोच्च अदालतमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले उनलाई  गेटबाटै पक्राउ गरेको छ । सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ । अब पनि यही विषयमा थुनामा राखे अदालतको अवहेलनामा कारबाही गर्ने चेतावनी पनि आदेशमा दिएको थियाे तर सर्वोच्चले चेतावनीपूर्ण आदेश दिए.... पुरा पढ्नुहोस

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज हुँदै, हेलिकप्टर तयारी अवस्थामा राखियाे

khabarwave
१० फाल्गुन २०७७

काठमाडौं ।  खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे  मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गर्दैछन। साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्ने बताइएकाे छ । गत २९ असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । विगतको जस्तो दुर्घटना नहोस् भनेर आयो.... पुरा पढ्नुहोस

मनोरञ्जन