कांग्रेस पदाधिकारी बैठक आज बस्दै,नयाँ सरकार गठनको बारेमा छलफल हुने

khabarwave
१३ फाल्गुन २०७७

काठमाडौं ।  नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको हाे। बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन्.... पुरा पढ्नुहोस

प्रचण्ड–माधव पक्ष भन्छ- बाटो बिराएका नेता कार्यकर्ताहरु मुल राजनीतिक पार्टीमा आउ

khabarwave
१२ फाल्गुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकाे बुधबार बसेको अनौपचारिक स्थायी समितिको बैठकले भ्रममा परेर बाटो बिराएका नेता कार्यकर्ताहरुलाई मुल राजनीतिक पार्टीमा आउन आग्रह समेत गरेको छ ।प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘ऐतिहासिक फैसला’ भनेको बैठकले सर्वोच्चले  प्रतिनिधिसभालाई पुनःस्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको ठहर गरेको छ । त्यस्तै बैठकमा नेताहरूले पार्टी एकतालाई प्रहार गर्ने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने ओलीले आत्मालोचनासहितको प्रस्तुति नभईकन ओलीसँग गरिने एकताको अर्थ नहुने धारणा राखेका थिए ।.... पुरा पढ्नुहोस

मनोरञ्जन