काठमाण्डाै । सभामुख अग्निप्रसाद सापकोटाले अब दलहरुबीच छलफल र समझदारी भएर पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने बताएका छन । चितबनमा आयाेजित एक कार्यक्रममा बाेल्दै सभामुख सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् ।राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने र आफूले सहजीकरण गर्ने उनकाे भनाइ थियाे । उता नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलाल.... पुरा पढ्नुहोस
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । घट्टेकुलो समाजले आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने बताएका छन। उनले भने- ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन,’ ‘तर निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।’ नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान .... पुरा पढ्नुहोस