काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही जाँदै छन्। निर्वाचन हारेपछि सभापति थापा आज पहिलोपटक सर्लाही जान लागेका हुन्। गएको फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ मा पराजित भएका थिए। सर्लाही ४ मा उनी रास्वपाका अमरेश सिंहसँग राजित बनेका हुन्। चुनावमा भएको पराजयपछि आज पहिलोपटक सभापति थापा सर्लाही आउन लागेको कांग्रेस सर्लाहीका युवा नेता रघु कार्कीले जानकारी दिए। आज सभापति सर्लाही आउँदै हुनुहुन्छ। चुनावको परिणामपछि आज उहाँ पहिलोपटक सर्लाही आउन लाग्नु भएको हो, कार्कीले भने, मतदातालाई धन्यवाद ज्ञापन गर्न र कांग्रेसले सञ्चालन गरेको जरा अभियानका कार्यक्रममा सहभागी.... पुरा पढ्नुहोस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । सरकारले गठन गरेको उक्त आयोग गैरसंवैधानिक भएको दाबी गर्दै अधिवक्ता प्रेमराज सिलवालले खारेजीको मागसहित मंगलबार रिट दर्ता गरेका थिए । रिटमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिमाथि अनुसन्धान गर्ने संवैधानिक निकायका रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्रियाशील रहँदारहँदै उसलाई बाइपास गरेर अर्को आयोग बनाइनु संविधान सम्मत नभएको जिकिर गरिएको छ । सरकारले यही वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्.... पुरा पढ्नुहोस