सरकारमा संलग्नताकाबारेमा जसपा एमालेसँग आज निर्णायक बार्ता गर्दै

khabarwave
२८ फाल्गुन २०७७

काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने सहमतिपछि सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने समय ताेकिएकाे बताइएकाे छ । आजकाे वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । त्यसैले यो वार्तालाई चासोका साथ हेरिएको छ । बिहीबारकाे बार्तामा प्रधानमन्त्री ओली जसपाले राखेका मागप्रति सकारात्मक भएको र सोही आधारमा शुक्रबारको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको छ ।प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आ.... पुरा पढ्नुहोस

एमालेले  चैत १ गते बाेलाउन लाग्याे केन्द्रीय कमिटीको बैठक

khabarwave
२८ फाल्गुन २०७७

काठमाडौं ।  नेकपा एमालेले   केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी गरिरहेको छ । आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै मिति एकिन गरिने बताइएकाे छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेकाे हाे । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अव.... पुरा पढ्नुहोस

मनोरञ्जन