खनाल-नेपाल समुहले बोलायाे राष्ट्रिय कार्यकर्ता भेला, सातै प्रदेशका इन्चार्ज ताेकिए

khabarwave
२९ फाल्गुन २०७७

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।बैठकलेभेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको छ । उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि इन्चार्ज समेत चयन गरेको छ ।जसअनुसार भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प.... पुरा पढ्नुहोस

ओलीले एकतर्फी महाधिवेशनको मिति ताेकेपछि खनाल – नेपाल समूहले बोलायाे स्थायी कमिटीको आकस्मिक बैठक,

khabarwave
२८ फाल्गुन २०७७

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।यसैबीच नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।    .... पुरा पढ्नुहोस

मनोरञ्जन