काठमाण्डाै । प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने उल्लेख गर्दै सर्वोच्च अदालतले त्यसका लागि उसले स्वेच्छाले रकम माग गरेको तथ्य स्थापित हुनुपर्ने नयाँ नजिर प्रतिपादन गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले प्रतिवादीले घूसबापत लिएको भनिएको रकम स्वैच्छाले माग गरी उसको साथबाट फेला परेमा मात्र भ्रष्टाचारको कसूर स्थापित हुने गरी नयाँ नजिर प्रतिपादन भएको हो ।नापी कार्यालय धनुषाअन्तर्गत २ नम्बर नापी टोलीका अमिन कृष्णप्रसाद जोशीले ३० हजार रुपियाँ घूस लिएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ साल चैत २० गते पक्राउ गरेको थियो । सो विष.... पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमाले झलनाथ खनाल-माधव नेपाल समूह पक्षका ११ स्थायी कमिटी सदस्यले पार्टीको विधान संशोधन विधान महाधिवेशनले मात्र गर्नसक्ने भन्दै उनीहरुले भनेका छन्, ‘केपी ओलीबाट गुटको भेला गरी भएका भनिएका पार्टी एकता विरोधी, स्वेच्छाचारी र अवैध निर्णयहरु हामी पूर्णरुपमा अस्वीकार गर्दछौं ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विसर्जनवादी भएको गम्भीर आरोप लगाएका छन् । ओलीले एमालेलाई विभाजन गर्ने र कम्युनिस्ट आन्दोलनलाई विर्सजनतिर लैजान खोजेको भन्दै भदै उनीहरुले त्यसविरुद्ध लड्ने बताएका छन् । अध्यक्ष ओलीले २८ फागुनमा गरेको निर्णयविरुद्ध निर्वाचन आयोग गएका वरिष्ठ नेता झलनाथ खनाल र नेपा.... पुरा पढ्नुहोस