काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।केही दिनयता सरकारले कोरोना परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । तीमध्ये मंगलबार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ ।हाल देशभर १ हजार १२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।.... पुरा पढ्नुहोस
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सरकारले फागुन २५ गते बसेको मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । मुलुकमा कोभिड महामारी सुरु भएपछि गत वर्ष चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा सञ्चितिका लागि भन्दै महँगा सवारी र कृषि उपजको आयातमा कडाइ गरेको थियो ।२०७६ चैत २४ को प्रकाशित राजपत्रको सूचनाले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन सँगै केराउ, मरिच, सुपारी र छोकडाजस्ता वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । यस्तै प्रतिबन्ध हटेपनि परिणात्मक बन्देजको परिमाण नखुलेको केराउ, मरिच, सुपार.... पुरा पढ्नुहोस