२०७७ पुष ५ देखि यताका छापाहरू हेर्दा नेकपा एमाले हुदै डबल नेकपा र हाल पुन: नेकपा एमालेका अध्यक्ष हुन पुगेका बर्तमान प्रमं. केपी शर्मा ओलीले चालेका कदम र गरेका काम कारवाही हेर्दा उनी माथि एक तानाशाह र एउटा तानाशाह उपर प्रयोग हुने प्राय: सबै शब्दाबलीहरू प्रयोग गरिएको पाईन्छ।यसो हुनु स्वभाविक पनि हो। किनभने उनी र उनको दल नेपाल कम्युनिष्ट पार्टी भित्र सुहाउने र उपयुक्त शब्द हो तानाशाह। विश्वका कुन कम्युनिष्ट मुलुक उदार प्रजातन्त्र वा लोक तन्त्रबाट संचालित छन् र! यदि चलेको छ भने त्यो कम्युनिष्ट मुलुक नै हैन। नेपालका कम्युनिष्टहरू विश्व राजनीतिक बजारमा बिक्री हुन आफ्नो पार्टीलाई ट्रेड मार्कको रूप.... पुरा पढ्नुहोस
काठमाडौँ । मंगलबारबाट लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसहित पाँचै जना पदाधिकारीको पदावधि सकिएको छ।अध्यक्ष मैनालीसहित ७ जना पदाधिकारीको २०७१ चैत ११ मा नियुक्ति भएकोमा दुई जना यसअघि नै उमेर हदको कारण अवकाश भइसकेका छन् भने बाँकी रहेका सबै पदाधिकारी एकै दिन आयोगबाट बिदा भएका हुन् । अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि सकिएको हो।आयोग पदाधिकारी विहीन भएसँगै आयोगका सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवालगायत कामहरू रोकिएका छन् ।.... पुरा पढ्नुहोस