सर्वदलीय बैठकमा प्रधानमन्त्रीकाे आक्राेश-संसदीय कामकारबाहीमा सभामुखले भाँजो हाले

khabarwave
४ बैशाख २०७८

काठमाण्डाै । लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले सर्वदलीय बैठक बोलाएको बताएका प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् ।संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए । बैठकमा सहभागी नेताहरूले राजनीतिक निकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएका थिए ।बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा ओलीले यस्तो बताएका हुन्.... पुरा पढ्नुहोस

कर्णालीमा मुख्यमन्त्री शाहीको पद यसरी जाेगियाे

khabarwave
३ बैशाख २०७८

काठमाण्डाै ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि शाहीको पद जोगिएको हाे । मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ भने प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए । प्रदेशसभामा  नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको .... पुरा पढ्नुहोस

मनोरञ्जन